इलाम, १८ साउ।“मेरो भाग्यमा सुख भन्ने लेखेकै छैन जस्तो लाग्छ । सधैँ पीडामाथि पीडा आइलाग्छ”, माई नगरपालिका– ९ चिसापानीका रञ्जीत कार्कीकोे जीवनी सुन्दा जो कोहीको पनि आँखा रसाउँछ, मन कँुडिन्छ र भावविह्वल भइन्छ । साँच्चिकै रञ्जीतको हालसम्मको जीवन एउटा दुःखद् कथा जस्तो छ । माई नगरपालिकाकै चिसापानीमा जन्मनुभएका रञ्जीतलाई सानैमा आमाले संसार छाडिन् भने बाबुले…