२५ सय ६६ औँ बुद्धजयन्तीको तयारी पूरा

रुपन्देही, १ जेठ (रासस) । २५ सय ६६ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा भएको छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइन्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा लिने गर्छन्…