एजेन्सी, १७ चैत । कोरोना भाइरसको सं'क्रमण नफैलिओस् भनेर भारतको उत्तर प्रदेशका अधिकारीहरूले मानिसको शरिरमा केमिकल छर्किदिएका छन् । बाहिरबाट आएका बालबालिकासहित मजदुर महिला पुरूषलाई सडकमा भेला पारेर बरेली जिल्लामा सोडियम हाइपोक्लोराइट सोलुसन छर्किइएको हो । नयाँदिल्लीलगायत ठाउँबाट आएका मजदुरबाट अरूमा कोरोना भाइरसको सं'क्रमण नफैलिओस् भनेर सावधानी अपनाउनका लागि सरकारले औषधी छर्कन लगाएको थियो ।…