काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

धादिङ, १५ मङ्सिर (रासस) ः बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन् । खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन् । घरमा बस्ने अरु सबैको काम ज्यालामजदुरी…