धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्र त्रिवेणीधाममा धार्मिक पर्यटकको आगमन बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ मा पर्ने त्रिवेणीधाम (त्रिवेणी क्षेत्र) गण्डकी प्रदेशकै एक महत्वपूर्ण तीर्थस्थल हो । एक महिनाअघि भारतसँगको सीमानाका खुला भएपछि भारतबाट धार्मिक पर्यटकको आगमन बढेको हो । पहिलो र दोस्रो लहरको कोभिडका कारण यहाँ भक्तजनको आगमन प्रभावित…