जलजला गाउँपालिका–१ मलगाउँकी देउकुमारी तिलिजाले छ रोपनी पाखोबारीमा किबीखेती गरेको पाँच वर्ष भयो । कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि करिब १० वर्षसम्म बारीमा खेती भएको थिएन् ।“किबी लगाएपछि जङ्गली जनावरले पनि दुःख दिएका छैनन”, तिलिजाले भन्नुभयो, “कोदो–मकै लगाउँदाभन्दा आम्दानी पनि राम्रो भएको छ ।” कोदो लगाउँदा वर्षमा दुई क्विन्टल उत्पादन हुन्थ्योे…