दाङमा बेलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१६ कपासीमा रा१च ३८५ नंको बोलेरोले रा४प ४०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार घोराही–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो…