डेङ्गु रोग डेङ्गी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो तथ्याङ्कअनुसार यही जुन १ देखि २८ सम्म ७२ जिल्लामा डेङ्गु सङ्क्रमण पुगिसकेको अवस्था छ । डेङ्गु सङ्क्रमणको अवस्था, रोकथाम तथा नियन्त्रणमा सरकारको तयारी लगायतका विषयमा…