परिष्कृत नेपालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र रोवट प्रदर्शनी कार्यक्रम सम्पन्न

परिष्कृत नेपालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र रोवट प्रदर्शनी कार्यक्रम सम्पन्न

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। परिष्कृत नेपालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र रोवट प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । परिष्कृत नेपालका अध्यक्ष ई. विशु थापाका अनुसार आज (शनिबार) भक्तपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १ सय ७३ जना, आँखा शिविरमा १ सय ३७ जनाले स्वाथ्य परिक्षण गराएका थिए । त्यस्तै, २१ जनाले रक्तदान गरेका छन् ।

अध्यक्ष थापाका अनुसार परिष्कृत नेपालले भक्तपुरको विभिन्न स्थानमा सामाजिक कार्यहरू गर्दै आएको छ । “हाम्रो सुर्यविनायक राम्रो सुर्यविनायक” अभियान अन्तर्गत संस्थाले विगत १ सय हप्तादेखि प्रत्येक शनिवार नगरपालिकाको विभिन्न स्थानहरूमा सरसफाई गर्दै आएको छ । जसअन्तर्गत आज निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र रोवट प्रदर्शनी कार्यक्रम आयोजना गरिएको थियो ।

आजको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, प्रतिनिधि सभा सदस्य सन्तोष परियार, बागमती प्रदेश सभा सदस्य सुरेश केसी, नगरपालिकाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । उनीहरुले १००औं हप्ताको अवसरमा आयोजित कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

त्यस सँगसगै परिष्कृत नेपालले “शरीरको लागि कपडा” अभियान अन्तर्गत जाजरकोटमा २७ बोरा लुगा र मोरङको श्री जन आधारभूत विद्यालयमा बालबालिकाको लागि लुगा वितरण गरिसकेको छ । सो कार्य आवश्यकताअनुसार अन्य ठाउँमा पनि निरन्तर जारी रहने अध्यक्ष थापाले बताए ।

उक्त संथाले ज्ञान ज्योति अभियान .अन्तर्गत सामुदायिक विद्यालयमा एसईई दिने १८९ विद्यार्थीहरूलाई निःशुल्क रुपमा गणित, विज्ञान र ऐच्छिक गणितको ट्यूशन कक्षा चलाएको थियो । उक्त अभियान प्रत्येक वर्ष जारी रहने बताइएको छ ।

आजको कार्यक्रममा भक्तपुर जिल्लाको ११ माध्यमिक विद्यालयमा बनाईएको १४ वटा रोवटहरू प्रदर्शन गरिएको थियो ।