अमेरिकाबाट राजबल्लभ कोइरालाले भने – ‘कृपया घरमै बस्नुहोस्’

अमेरिकाबाट राजबल्लभ कोइरालाले भने – ‘कृपया घरमै बस्नुहोस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको सन्त्रासले विदेशमा रहेका नेपालीलाई पनि तनावमा पारेको छ । चीनबाट फैलिएको कोरोनाले सर्वाधिक प्रभाव पारेको तेस्रो मुलक अमेरिका परेको छ । त्यसकारण पनि यतिबेला अमेरिकामा बस्ने नेपाली तनावमा परेका हुन् ।

यसैबीच लामो समयदेखि अमेरिकामा बस्दै आएका अभिनेता राजबल्लभ कोइरालाले नेपालीलाई आकस्मिक काममा बाहेक अरु कामले घरमा रहन आग्रह गरेका छन् ।

कोइरालाले एक ट्वीट गर्दै लेखेका छन्, ‘कृपया घरमै बस्नुहोस् ।’

‘सुविधासम्पन्न देश युरोप र अमेरिकालाई त यो महामारीसँग जुध्न यस्तो कठिन छ, त्यता केही भयो भने कस्तो होला? आफै कल्पना गर्नुस् त,’ कोइरालाले नेपालप्रति चिन्ता व्यक्त गर्दै लेखेका छन्, ‘इमर्जेन्सी काम छैन भने प्लिज घरमै रहनुस्, आफू साथै परिवार र आफन्तलाई यो महामारीदेखि बचाउनुहोस् ।’

कोरोना भाइरसको सं’क्रमणको प्रभावले पछिल्लो समय युरोपियन मुलुकमा हजारौंको ज्यान गइसकेको छ । युरोप र अमेरिकामा पनि लाखौं नेपाली बसोबास गर्दै आइरहेका छन् । ती नेपालीलाई प्रत्यक्ष प्रभाव परेको छ ।