नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रका लागि टीभीएसद्वारा २५ मोटरसाइकल हस्तान्तरण

नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रका लागि टीभीएसद्वारा २५ मोटरसाइकल हस्तान्तरण

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टीभीएस मोटर कम्पनीले आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रका विभिन्न सरकारी तथा सामाजिक संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रदान गरिएका मोटरसाइकल सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय, विद्यालय तथा स्थानीय संस्थाहरूलाई वितरण गरिएको हो। स्थानीयस्तरमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने र संस्थाहरूको आवागमन सहज बनाउने उद्देश्यले यो सहयोग गरिएको कम्पनीले जनाएको छ।

मोटरसाइकलमध्ये जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवालाई पाँच–पाँच वटा प्रदान गरिएको छ। त्यस्तै, विदुर नगरपालिकालाई दुई वटा तथा नुवाकोट केन्द्रीय कारागार, त्रिशूली अस्पताल, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय र चण्डेश्वरी माध्यमिक विद्यालयलाई एक–एक वटा मोटरसाइकल हस्तान्तरण गरिएको छ।

यसैगरी, आमाछोदिङ्मो गाउँपालिका, हाकु स्वास्थ्य चौकी, हाकु माध्यमिक विद्यालय, गोसाइँकुण्ड आधारभूत विद्यालय, ग्रे माध्यमिक विद्यालय, उत्तरगया गाउँपालिका, दाङ्गदाङ्गे स्वास्थ्य चौकी, थुलोगाउँ स्वास्थ्य चौकी र लहरेपौवा स्वास्थ्य चौकीलाई पनि एक–एक वटा मोटरसाइकल प्रदान गरिएको छ।

यस सहयोगले बाढी प्रभावित क्षेत्रका स्थानीय निकाय तथा संस्थाहरूलाई सेवा प्रवाहमा सहजता ल्याउनुका साथै समुदायको पुनःस्थापना र पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

टीभीएस मोटर कम्पनीका इन्टरनेसनल बिजनेस प्रेसिडेन्ट पेयमान कार्गरले नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै आफूहरूले सेवा प्रदान गर्ने समुदायमा सकारात्मक योगदान पुर्‍याउनु पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।

उनका अनुसार विभिन्न संस्थालाई २५ वटा मोटरसाइकल हस्तान्तरण गर्दा उनीहरूको सेवा प्रवाह र पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।

यस पहलमार्फत टीभीएस र जगदम्बा मोटर्सले व्यावसायिक गतिविधिभन्दा बाहिर रहेर पनि नेपाली समुदायको हित, विकास र पुनरुत्थानमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।