दशौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु हुँदै

दशौँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु हुँदै

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका विभिन्न खेलका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि पाँच खेलका प्रतिस्पर्धा उद्घाटनअघि नै सञ्चालन हुन लागेका हुन्।

आजदेखि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका खेल सुरु हुनेछन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगितामा समावेश ३२ खेलमध्ये २३ खेल सुर्खेतमा सञ्चालन हुनेछन्। प्रतियोगिताको तयारी पूरा भइसकेको छ भने विभिन्न खेलमा सहभागी हुन खेलाडीहरू सुर्खेत पुगिसकेका छन्।

बाँकी नौ खेल कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र रुकुम पश्चिमका साथै लुम्बिनी प्रदेशका नेपालगञ्ज र बर्दियामा आयोजना गरिनेछ।

दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका ३८४ इभेन्ट्समा कुल एक हजार ३३७ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।

यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई पनि पहिलोपटक नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ।

प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ। मङ्सिर २७ गते प्रतियोगिताको समापन गरिने कार्यक्रम रहेको छ।