नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमित भेटीए

नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमित भेटीए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । कोभिड-१९ को तेस्रो संक्रमित भेटिएको छ । कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले गरेको कोभिड-१९ टेस्टमा पोजिटिभ आएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरेका छन ।

ती युवा खाडी मुलुकबाट आएका गुप्ताले जानकारी दिए। उनी कुन एयरको जहाजमा कहिले नेपाल आए भन्ने खुल्न बाँकी छ। ती युवा अहिले टेकु अस्पतालको आइसोलेनसमा उपचाररत छन्।

यस अघि चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको थियो । हालसम्म ६८७ जनाको नमूना परीक्षण गरिएकोमा ६८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सुरुमा चिनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरस पोजिटिभ भेटिएको थियो र उनि केहि समयपछी निको भएर घर फर्किएका थिए  ।