लन्डनबाट नेपाली नर्सको सबै नेपालीलाई अत्यन्तै जरुरी संदेश (भिडियो)


काठमाडौँ । कोरोना भाइरस कोभिड – १९ ले यति बेला विश्व आतंकित छ । त्यस्तै बेलायत पनि अहिले कोरोना भाइरस कोभिड १९ को महामारीको चपेटमा छ । बेलायतमा अहिले ४ सय ६५ बढीको मृत्यु भइसकेको छ भने ९ हजार बढीमा यो रोगको संक्रमण देखिएको छ । बेलायतमा मृत्यु हुनेमा एक नेपाली पनि छन् । जो लन्डनको साउथ ह्यारोमा बस्दै आएका थिए । पूर्व बेलायती सेना समेत रहेका उनी संखुवासभाको खाँदवारी नगरपालिकाका लीलाबहादुर राई हुन् ।

बेलायतमा अन्य केही नेपालीमा पनि कोरोना भाइरसको संक्रमण भएको समाचारहरु सार्वजनिक भइसकेका छन् । तर त्यही बेलायतमा अहिले धेरै कोरोना संक्रमितहरुको उपचारमा खटिएकी नेपाली नर्स प्रसुन कँडेलले भने आम नेपालीका लागि कोरोना भाइरसबाट बच्ने महत्वपूर्ण टिप्सहरु दिएकी छिन् । आफ्नो फेसबुक पेजमार्फत उनले कोरोना भाइरसविरुद्ध लड्न सबैभन्दा ठूलो दृढ इच्छा शक्ति भएको उल्लेख गर्दै तातोपानीमा बेसार , अदुवा , मह र कागती राखेर खान पनि सुझाव दिएकी छिन् ।

कोरोना भन्ने वित्तिकै धेरै मानिसहरु भयभित हुने गरेको उल्लेख गर्दै उनले भय र त्रासमा नबाँची ‘नर्मल फ्लु’को झै तवरबाट व्यवहार गर्न पनि सुझाव दिएकी छिन् । उनले क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई हाँसखेल गरेर परिवारसंग समय विताउन सुझाव दिदै प्रशस्त पानी पिउन भने विर्सन नहुने बताएकी छिन् । शरीरमा रोतप्रतिरोधी क्षमता बढाउन कमजोर मनले नहुने भन्दै नर्स प्रसुनले घर भित्र हिडडुँल गर्दा पनि मास्कको प्रयोग अनिवार्य भएको उल्लेख गरेकी छिन् । उनले बेलायतमा अहिले अस्पतालमा भइरहेको अवस्था र कोरोना भाइरस संक्रमितहरुको बारेमा पनि आफ्नो फेसबुक सन्देशमा धेरै जानकारी समेटेकी छिन् ।

प्रतिक्रिया दिनुहोस