नेपालमा फेरी अर्का कोरोना भाइरस संक्रमित भेटीए, दुबईबाट आएका थिए उनि (भिडियो)


काठमाडौँ, १४ चैत्र । नेपालमा अर्का कोरोना भाइरस संक्रमित भेटिएका छन । यो संगै कोभिड-१९ संक्रमितको संख्या चार पुगेको छ ।

आज शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै दुबईबाट फर्किएका ३४ वर्षीय पुरुषलाई कोरोनाको संक्रमण भएको पुष्टि गरेको हो । उपत्यकाबाहिर देखिएको यो पहिलो संक्रमण हो।

बिरामीको कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता विकास देवकोटाले बताए । उनि गत चैत्र ११ गते अस्पताल भर्ना भएका थिए।

पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित भेटिएका छन । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा काेरोना भाइरसकाे चौथो संक्रमणको बारेमा जानकारी दिएका हुन् ।

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए। दुबईबाट फर्किएका ती व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएको र शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गराउँदा काेरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए।

स‌ंक्रमित व्यक्ति ३४ वर्षीय पुरुष रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए। प्रवक्ता देवकोटाले अरु पनि संक्रमित व्यक्ति हुन सक्ने बताउँदै क्वारेन्टाइनमा बस्न अनुरोध गरका छन्।

उपत्यकाबाहिर देखिएको यो पहिलो संक्रमण हो। जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ८०२ जनाको नमुना परीक्षण भइसकेको छ। जसमध्ये ७ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४ जनामा संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित पहिलो व्यक्ति भने निको भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयले शुक्रबार सवा ४ बजे गरेको मिडिया ब्रिफिङमा ८०२ जनाको परीक्षण भएको र नयाँ संक्रमित नभेटिएको बताएको थियो। तर स्वास्थ्य मन्त्रालयले त्यसपछि फेरि दोस्रो ब्रिफिङ गर्दै नयाँ संक्रमित भेटिएको जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस