कोरोना आशंका गरिएका ११ जनाको स्वाव चितवनबाट काठमाडौं पठाइयो

कोरोना आशंका गरिएका ११ जनाको स्वाव चितवनबाट काठमाडौं पठाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १७ चैत । चितवनबाट कोरोना परीक्षणका लागि ११ जनाको नमुना (स्वाब) संकलन गरी काठमाडौं पठाइएको छ ।

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट कोरोना आशंका गरिएका बिरामीको स्वाब संकलन गरी सोमबार काठमाडौं पठाइएको अस्पतालका प्रवक्ता डा‍.भोजराज अधिकारीले जानकारी दिए ।

नमुना पठाइएकामध्ये एक जना बालिकाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको उनले जानकारी दिए । यसअघि आइतबार नमुना पठाइएका तीन जनाको रिपोर्ट आउन बाँकी छ ।

डा . अधिकारीका अनुसार सोमबार २८ जनाले अस्पतालको ओपीडीबाट सेवा लिएका छन् । अस्पतालमा सोमबार १३ जना बिरामी भर्ना भएको डा. अधिकारीले जानकारी दिए । अस्पतालले हालसम्म दुई सय २४ जना बिरामीलाई सेवा दिएको छ ।

सोमबार एकै दिन २८ जनाको स्वास्थ्य परीक्षण गरिएको उनले बताए । अस्पतालको सेवा सुरु भएदेखि हालसम्म दुई सय २४ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।