ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


काठमाडौँ, २६ साउन । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत एक ६४ वर्षीय कोरोना संक्रमित पुरूषको आज मृत्यु भएको छ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई गत साउन १५ गते अस्पताल भर्ना गरिएको थियो । आज सोमबार बिहान कीर्तिपुर ट्याङ्लाफाँट निवासी ति संक्रमितको मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिएका छन ।

अस्पतालमा उपचाररत हुदा उनको कोरोना परिक्षण गरिएको र पोजिटिभ नतिजा आएको थियो । भाइरल निमोनिया र पुरानो मुधमेहको समस्या पनि रहेको बताइएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस