काठमाडौँ उपत्यकामा ४४ जना सहित आज थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ, २६ साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ३३८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

संक्रमितहरु मध्य उपत्यकाका ४४ जना रहेका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका छन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३१० जना पुगेको छ । त्यस्तै आज कोरोना संक्रमण निकाे भएर १ सय ४० घर फर्किएका छन् । हाल सम्म १६ हजार ४९३ जना कोरोना संक्रमणबाट निको भएका छन । त्यस् गत २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ जना पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस