तामाङको ‘ट्रेकिङका सम्झनाहरु’ विमोचन


पर्यटन व्यवसायी रत्नकुमार (रामकुमार) तामाङको ‘ट्रेकिङका सम्झनाहरु’ पुस्तक विमोचन भएको छ ।

तामाङ सेवा केन्द्रको आयोजनामा शुक्रबार यहाँ आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं सांसद शेरबहादुर तामाङले उक्त पुस्तक विमोचन गर्दै नेपालको पर्यटन प्रवद्र्धनको क्षेत्रमा उक्त पुस्तकले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पदयात्रा समेटिएको उक्त पुस्तकले नेपालको पदयात्राको बारेमा राम्रो ज्ञान दिने उल्लेख गर्नुभयो ।

केन्द्रका अध्यक्ष अम्बर तामाङले कोरोनाको कारण पछिल्लो समय नेपालको पर्यटन क्षेत्र धराशायी भएको भन्दै यसलाई पुनर्जीवन दिनका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । दुई खण्डमा सम्पादन गरिएको उक्त पुस्तकमा पहिलो खण्डमा जीवनका भोगाइ र दोस्रो खण्डमा हिमालय क्षेत्रको पदयात्राका क्रममा भोग्नुपरेका तीतामीठा अनुभवलाई समेटिएको लेखक तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस