ट्राफिक व्यवस्थापनका लागि ललितपुरमा पनि सीसीटीभी मोनिटरिङ कक्ष स्थापना

ट्राफिक व्यवस्थापनका लागि ललितपुरमा पनि सीसीटीभी मोनिटरिङ कक्ष स्थापना

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ललितपुर जिल्ला प्रहरी परिसर जावलाखेलमा सीसीटीभी मोनिटरिङ कक्ष स्थापना गरिएको छ । काठमाडौंमा सीसीटीभी मोनिटरिङमार्फत ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउने र ट्राफिक व्यवस्थापन गर्ने कार्य यसअघि बाट नै सुरुवात भइसकेको थियो ।

ललितपुरमा भने पहिलो पटक सीसीटीभी मोनिटरिङमार्फत ट्राफिक व्यवस्थापन गर्न लागिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठका अनुसार अब ललितपुर एरियामा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुलाई सीसीटीभी मोनिटरिङमा रहेका प्राविधिकहरुले अनुगमन गरिरहेका हुनेछन् । सीसीटीभी मोनिटरिङ कक्षबाट ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरासम्म ल्याउन सकिने उनको भनाइ छ ।

ट्राफिक नियम उल्लङ्घन गर्नेहरुलाई कारबाही गर्नमात्रै नभएर जाम व्यवस्थापन, सवारी, एम्बुलेन्स, दम्कललगायतको सहजीकरणमा पनि सीसीटीभी मोनिटरिङ कक्ष उपयोगी हुने उनको भनाइ छ ।

ललितपुरको सीसीटीभी मोनिटरिङ कक्षमा परिसरको टिमसहित दुई जना विज्ञ खटिइएको बताइएको छ ।