भिभो वाई १८ सार्वजनिक

भिभो वाई १८ सार्वजनिक

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले वाई १७ एस श्रृंखलाको उत्तराधिकारी भिभो वाई १८ सार्वजनिक गरेको छ । आजका प्रयोगकर्ताहरूका विविध आवश्यकता पूरा गर्न डिजाइन गरिएको भिभो वाई १८ ले उत्कृष्ट डिजाइन, सशक्त प्रदर्शन, र असाधारण क्यामेरा विशेषताहरू प्रदान गर्दछ, जसले यसलाई तपाईंको उत्तम मनोरञ्जनात्मक सामाजिक साझेदार बनाउने कम्पनीले जनाएको छ ।

भिभो वाई १८ ले वाई १७ एसको विरासतलाई कायम राख्दै दुई विशिष्ट रंग भेरियन्टहरूः मोचा ब्राउन र वेभ एक्वामा एक शानदार डिजाइन प्रदान गरेको जनाएको छ ।

भिभो वाई १८ ले उत्कृष्ट ६+६ जीबी एक्सटेन्डेड र्‍याम र १२८ जीबीको लागी इन्टर्नल स्टोरेज प्रदान गर्दछ, जसले सजिलो मल्टीटास्किङ र एप्स, फाइलहरू, र मल्टिमिडियाका लागि प्रशस्त स्टोरेज सुनिश्चित गर्छ ।

यस्तै मिडियाटेक हेलिओ जी ८५ प्रोसेसरबाट सञ्चालित यो फोनले प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा ल्याग–फ्री अनुभवको मजा दिन्छ । साथै, वाई १८ मा लामो समयसम्म टिक्ने ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ, जुन काम, कन्टेन्ट स्ट्रिमिङ, वा गेमिङका लागि राम्रो मानिएको छ ।

५० एमपी अल्ट्रा क्लियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा रहेको उक्त फोनको मूल्य रु. १४,४९९ रुपैयाँ कायम गरिएको छ ।