रुकुम पश्चिममा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु

रुकुम पश्चिममा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

मुसिकोट नगरपालिका–१ खलंगा बाँफिकोट गाउँपालिकाको–४ छिनखेत जाँदै गरेको वर्ल्ड लिंक कम्युनिकेसनको बोलेरो आइतबार राति दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बोलेरोका चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ, बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । उनीहरुलाई जिल्ला अस्पताल सल्ले पु¥याउँदा चिकित्सकले उनीहरूको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

घाइतहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज ‘रेफर’ गरेको प्रहरीले जनाएको छ । एक जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

गाडी सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीको भनाइ छ ।