चितवन फेशन फ्युजन रन वेका मोडलहरुलाई अभिमुखिकरण

चितवन फेशन फ्युजन रन वेका मोडलहरुलाई अभिमुखिकरण

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोल्डेन इमिनेन्ट इन्टरनेशनलले आयोजना गरेको चितवनमा फेशन फ्युजन रन वे विथ म्युजिकल इभेन्ट अन्तर्गत मोडलहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार ग्यालेक्सी एम्पाएरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । जसमा रन वे मा सहभागी हुने मोडलहरुले औपचारिक रुपमा आफ्नो नाम दर्ता गराएका थिए । कार्यक्रममा ४० जना मोडलहरु सहभागी थिए । उनीहरुलाई चितवन फेशन फ्युजन रन वे को बिषयमा सम्पूर्ण जानकारी गराईएको थियो ।

मोडलिङ र संगीतिक क्षेत्रको सम्भावना र चुनौतीको बिषयमा मोडलहरुलाई प्रकाश पारिएको द पोजेटिभ इभेन्ट्सका सिईओ राज रिजाल क्षेत्रीले जानकारी दिए । आफूलाई कसरी अब्बल मोडलको रुपमा स्थापित गर्ने भन्ने बिषयमा पनि मोडलहरुलाई सुझाव दिईएको उनको भनाइ थियो । यस्तै सहभागी मोडलहरुलाई उपहारहरु पनि दिईएको थियो ।

यस कार्यक्रमसँगै चितवनमा फेशन फ्युजन रन वे विथ म्युजिकल इभेन्ट सुरु भएको छ । सोही अवसरमा केक काटेर कार्यक्रमको सुरुवात गरिएको उनले बताए । सहभागी मोडलहरुलाई १० दिनको तालिम दिएर ग्राण्ड फिनालेका लागि तयार गरिनेछ । उनीहरुलाई कोरियोग्राफर तथा द राइज इभेन्ट्सका सिईओ सलिन श्रेष्ठले प्रशिक्षण गराउनेछन् ।

उनीहरुलाई क्याट वाकसँगै व्यक्तित्व विकास, क्यामेरा फेसिङ र फेशन क्षेत्रसँग सम्बन्धित तालिम दिईनेछ । कार्यक्रमको फिनाले असार ७ गते स्वाद सदन पार्टी प्यालेसमा हुनेछ । फिनालेमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ शोज टपरको रुपमा उपस्थित हुनेछिन् ।

रन वेपछि सोही दिन ग्यालेक्सी एम्पाएरमा सांगितिक कार्यक्रम हुनेछन । सांगितिक कार्यक्रम नेपालका चर्चित कलाकार तथा युट्युबर सहभागी हुनेछन् । गोल्डेन इमिनेन्टले द राइज इभेन्ट, द राइजिङ इभेन्ट र द पोजेटिभ इभेन्ट्ससँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो ।