चलचित्र ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक

चलचित्र ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चलचित्र ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक गरिएको छ । अमरप्रताप श्रेष्ठ र वर्षा सिवाकोटी फिचर्ड दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा डेब्यु अभिनेता श्रेष्ठलाई ‘एंग्री योङ म्यान’को रूपमा देखाइएको छ । यसले उनलाई एक्सन अवतारमा देख्न सकिने संकेत गरेको छ ।

अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा देखाइएको छ । यसबाट कथामा केही रहस्य लुकेको अनुमान लगाउन सकिन्छ । ‘मोदीबेनी’लाई शंकर कोइरालाले निर्देशन गरेका छन् । पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्र साउन १८ गते रिलिज हुनेछ ।