गायिका ईश्वरी बरालको ‘माया छ कि छैन’ सार्वजनिक (भिडिओ)

गायिका ईश्वरी बरालको ‘माया छ कि छैन’ सार्वजनिक (भिडिओ)

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन..’ सार्वजनिक भएको छ।

यस गीतको भिडियोमा नायक आर्यनसहित मोनिका बोहोरा र सुजल बमले नृत्य एवं अभिनय गरेका छन्। पत्रकार समेत रहेकी गायिका बरालले समेत यसमा नृत्य गरेकी छन्। मुस्कान ढकालले भिडिओलाई निर्देशन गरेका छन् । यस गीतमा अभिनेता आर्यन सिग्देल चियावाला बनेका छन्। उनी र उनको पसलमा आएकी युवतीबीचको कथालाई भिडिओमा देखाइएको छ।

यो गीतमा विपिन आचार्यको शब्द, संगीत तथा एरेन्ज छ। श्री ईश्वरी प्रोडक्सन युट्युबबाट सार्वजनिक भिडिओमा शिशिर खातीको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र मनोज कार्कीको सम्पादन छ।