राजदूतका लागि रास्वपाले माग्यो आवेदन,१४ असारभित्र आवेदन दिइसक्नुपर्ने

राजदूतका लागि रास्वपाले माग्यो आवेदन,१४ असारभित्र आवेदन दिइसक्नुपर्ने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न देश तथा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय क्षेत्रीय संगठनहरूमा राजदूत, स्थायी प्रतिनिधि वा विशेष प्रतिनिधि नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । रास्वापले पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा रहेको कार्यदलले राजदूत सिफारिस मापदण्ड बनाएको जानकारी पनि दिएको छ । जसअनुसार रास्वपाको तर्फबाट सिफारिस र समन्वयका लागि आवेदनमागेको हो ।

पार्टीले तयार पारेको मापदण्डअनुसार १४ असारभित्र आवेदन दिइसक्न वा सिफारिस गर्न आग्रह गरेको छ । साथै आगामी दिनका लागि रोष्टर पनि तयार पारिने रास्वपाले जनाएको छ ।