Writing
प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मुबीच शिष्टाचार भेटवार्ता
नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाह र राष्ट्रपति मुर्मुबीच भेटवार्ता भएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता तथा विभिन्न विषयमा समझदारी गरेपछि प्रधानमन्त्री शाहले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्।
राष्ट्रपति मुर्मुसँगको भेटवार्तापछि प्रधानमन्त्री शाह भारतीय राष्ट्रपतिको आयोजनामा भएको दिवा भोजमा सहभागी भएका छन्।
दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।



प्रतिक्रिया