चार महिनामा १५ हजार सवारी चालकलाई कारबाही

जिल्ला ट्राफिक कार्यालयले चार महिनाको अवधिमा झण्डै १५ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म १४ हजार ९५० सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । ट्राफिक नियमविपरीत सवारीसाधन चलाउँदा कारबाही गर्दा रु एक करोड एक लाख ६४ हजार राजश्व सङ्कलन भएको छ । कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक छन् । चालु आर्थिक…