सिन्धुली, ७ मङ्सिर (रासस) : बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–८ करकरेमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ । कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तेजेन्द्र बुढामगरको घटनास्थलमा नै मृत्यु भएको हो । मोटरसाइकल चालक बागलुङ जिल्ला साविक दलिन गाविस–९ निवासी बुढामगर पर्सा प्रहरी कार्यालयमा कार्यरत प्रहरी भएको खुल्न आएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले…