निर्माण सुरु भएको पाँच वर्ष बित्दासमेत गोदावरी सडकमा खाल्डैखाल्डा

काठमाडौँ, ६ मङ्सिर (रासस) ः ललितपुरको गोदावरीबाट बिहान निस्कनुभएका रमेश सिलवाल दिउँसोसम्म कार्यालय पुग्दा धुलाम्मे हुनुहुन्छ । निर्माणाधीन सो सडक हुँदै पाटन पुग्दासम्म वर्षामा हिलो र हिउँदमा धुलाम्मे हुने उहाँले बताउनुभयो । अचेल उहाँ सडकमा हिँड्दा बाहिरबाट बर्षादी लगाएर निस्कनुहुन्छ । उहाँले भन्नुभयो, “त्यसरी बाहिरको लुगा नफेरे त अफिस पुग्दासम्म मान्छे र लुगा दुबै धुलाम्मे…