धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको वरिष्ठ सिनेटरको भनाइ

अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गर्नुभएको छ । अमेरिकी सिनेटका वित्त समितिको नेतृत्वमा रहेका सिनेटर रोन वाइडेनका अनुसार प्रस्तावित अरबपति आयकर तीन वर्षको लागि एक अरब अमेरिकी डलर सम्पत्ति वा वार्षिक आयमा एक…