कर्णालीमा बाढी : आठको मृत्यु, ३०० बढी नागरिकलाई सुरक्षित स्थानमा सारियो

आइतबार साँझदेखिको अविरल वर्षात्का कारण आएको बाढीपहिरामा परी कर्णालीमा हालसम्म आठ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढी–पहिरामा परी मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–४ खर्पेलगाउँका एकै परिवारका छ जना, जुम्ला र कालीकोटका एक÷एक रहेका छन् । प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले बाढीपहिराबाट तीन जना घाइते भएको र एक…