जिल्लाको फिदिम नगरपालिका–४ मा रहेको एक विद्यालयमा आवासीयरूपमा अध्ययन गर्दै आएका विद्यार्थीले विभिन्न खाले अभाव झेल्दै आएका छन् । नगरपालिका–४ सालघारीस्थित जागृति आधारभूत विद्यालय आवासीयरूपमा अध्ययनरत सहाराविहीन बालबालिकाले बसोबास, खानपान तथा पठनपाठनमा विभिन्न अभाव र समस्या झेल्नुपरेको हो । विद्यालयसँग आवासको उचित व्यवस्थापन तथा यहाँ बस्ने बालबालिकाका आवश्यकता पूर्ति गर्ने पर्याप्त आर्थिक स्रोत नहुँदा उनीहरु…