मकवानपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, दिपावली र छठ पर्वलाई लक्ष गरी सुरक्षा योजना बनाएको छ ।नेपालीको प्रमुख चाडपर्वका बेला जिल्लाभित्र शान्तिसुरक्षा कायम राख्न र कोभिड–१९ कf कारण जनस्वास्थ्यको सुरक्षाका लागि पनि उक्त योजना ल्याइएको हो । कार्यालद्वारा जारी सुरक्षा योजनाअनुसार सार्वजनिक यातायातका साधनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाइने…