कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा हुनुहुन्थ्योे । बाउबाजेले सिकाएको पुख्र्याैली ठेका बनाउने कलामा उहाँ अब्बल हुनुहुन्छ । उहाँजस्तै गाउँकै टेकबहादुर चुँदार पनि ठेकीको व्यवसाय गर्नुहुन्थ्यो तर दुई वर्ष भयो न उहाँहरुले नयाँ ठेकी बनाउन पाउनुभएको छ न व्यापारका लागि घुम्नडुल्न नै ।…