सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौँको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले आँखा शल्यक्रियाको लागि रु. पाँच लाख बाह्र हजार पाँच सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । सो रकम बैंकका तर्फबाट त्रिपुरेश्वर सर्कल अफिस प्रमुख अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरे ।…