काभ्रेपलाञ्चोक, १२ भदौ (रासस) : विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकका सामुदायिक विद्यालय पुनःनिर्माणमा करिब रु पौने आठ अर्ब खर्च भएको एक तथ्याङ्कले देखाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा)ले भूकम्पपछिको छ वर्षको अवधिमा रु सात अर्ब ६६ करोड २० लाख खर्च भएको जनाएको छ । हालसम्म ३५१ विद्यालयका ४४९ भवन पुनःनिर्माण…