नवीकरणीय ऊर्जासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारी

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी एक महिनाभित्र नवीकरणीय ऊर्जासम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गरिने बताएका छन् । वैकल्पिक ऊर्जा तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा बदलिएको परिस्थिति तथा समयको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ सरकारले ‘नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतासम्बन्धी विधेयक’ संसद्मा पेस गर्न लागेको उनले बताएका हुन् । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस…