कोरोना सङ्क्रमितको मृत्यु बढ्दै गएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सहकारीले दियो १० लाख

धनगढी, २ जेठ । सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना सङ्क्रमितको मृत्यु बढ्दै गएपछि रोटरी क्लब धनगढीले शुरु गरेको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा नवजीवन सहकारी संस्था धनगढीले आर्थिक सहयोग गरेको छ । संस्थाले रोटरी क्लबले थालेको अभियानमा रु १० लाख आर्थिक सहयोग गरेको हो । संस्थाका अध्यक्ष चक्रबहादुर सिंहले कोरोना सङ्क्रमितको जीवनरक्षाका लागि आर्थिक सहयोग गरिएको बताउनुभयो…