चितवन, ९ जेठ । जिल्ला प्रशासन कार्यालयले आफूखुशी अर्थ सङ्कलन नगर्न सूचित गरेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी कोभिडका सन्दर्भमा सहयोग गर्ने नाउँमा आफूखुशी आर्थिक सङ्कलन नगर्न भनेको हो । कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, “कतिपय सङ्घसंस्थाले आफूखुशी कोष स्थापना गरी आर्थिक सङ्कलन गरेको गुनासो प्राप्त हुन आएकाले कोभिड–१९ को रोकथाम एवं…