नेप्सेमा नाटकीय रुपमा उछाल, बजार पूँजीकरण ३५ खर्ब ६३ अर्ब

काठमाडौं, ३ फागुन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज उछाल आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिक समीक्षा गरेपछि बजारमा थप उछाल देखिएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा केही सुधार एवं संशोधन गर्ने भन्दै हल्ला चलेका कारण आइतबार नेप्सेमा करेक्सन देखिएको थियो । आइतबार ३३.३३…