काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा बिहीबारदेखि सुरु हुने आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा सहभागी हुने नेपाली युवा क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार (आज) खेलाडीको बिदाइ गरेको हो । नेपालले देव खनालको कप्तानीमा विश्वकप छनोट खेल खेल्नेछ । यसअघि क्यानले गुलशन झालाई कप्तान बनाएको थियो । तर…