तलेजु भवानीलाई भित्र्याइयो हनुमानढोका

गुह्येश्वरी जात्राका लागि निकालिएको तलेजु भवानीको मूर्तिलाई दुईदिने जात्रा समापन गरेसँग हुनमानढोका दरबार क्षेत्रको मूल मन्दिरमा भित्र्याइएको छ । दुईदिने जात्राका लागि भवानीको मूर्ति आइतबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा लगिएको थियो । आइतबार गुह्येश्वरी मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको थियो । सोमबार बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न…