राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य भएको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको आसन्न महाधिवेशनमा युवा पुस्तालाई नेतृत्व हस्तानन्तरण गर्न अध्यक्ष पदमा राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष लोहनीले देशभरबाट छनोट भएर महाधिवेशनमा आएका प्रतिनिधिमध्ये अधिकांशको चाहना र भावना…