काठमाडौँ, १२ मङ्सिर (रासस) ः रसुवा तथा नुवाकोटका निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा पु¥याउन महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली प्रसारण लाइन र सबस्टेशन निर्माणमा आशातीत प्रगति नभएपछि नेपाल विद्युत् प्राधिकरणले चासो राखेको छ । निर्माण व्यवसायीको काम सन्तोषजनकरुपमा अगाडि बढ्न नसक्दा राष्ट्रिय लक्ष्यमा नै प्रभाव पर्ने देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत निरीक्षण गरी पछिल्लो…