कर्णाली, १२ मङ्सिर (रासस)ः यस मङ्सिरको सिरेटो, दिनहुँको घट्दो तापक्रम, बढ्दो जाडो, माटाले बनेका घरहरूको बाडो (लहरै जोडिएका घर), ओटालो (आँगन)मा तिला गाउँपालिका –४ जुम्लाका महिलाहरू छ दिनअघि घामको ताप लिँदै दुःखसुखका कुरा गर्दै थिए । त्यति नै बेला १०० वर्षीया कालुदेवी शाही बिहानको पाहारिलो घाममा न्हट्टो (पिँठ्यू) सेकाउन त्यहीँ आउनुभयो । कालुदेवी चिसाले सुत्न…