नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनअन्तर्गत आज कञ्चनपुरका तीन नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि सम्मेलन सुरु भएको छ । शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा सम्मेलन सुरु भएको हो । माओवादी केन्द्रका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार बन्द सत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ । सहमतिकै आधारमा पार्टीको नयाँ नगर नेतृत्व चयन हुने उहाँले बताउनुभयो…