वृद्ध र बिरामीको हेरचाह गर्न जर्मनीमा ३५,००० स्वास्थ्यकर्मीको अभाव

जर्मनीमा बिरामी र वृद्धवृद्धाको हेरचाह गर्न कम्तीमा ३५ हजार स्वास्थ्यकर्मीको अभाव भएको छ । जर्मनीको ‘इन्स्टिच्युट अफ इकोनोमिक्स’को क्षमता केन्द्रबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै राष्ट्रिय दैनिक अखबार वेल्टले शनिबार स्वास्थ्य कर्मीको अभाबबारे समाचार छापेको हो । केन्द्रका अनुसन्धाता सुजान सेडाले वेल्टसँग भन्नुभयो, “देशको स्वास्थ्य क्षेत्रमा जस्तो कर्मचारीहरूको उच्च कमी अन्य विशेषज्ञ सेवा प्रदायक क्षेत्रमा भने…