मदिरा सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयले निगरानी बढाउन थालेको छ । पासाङल्हामु राजमार्गमा केहीले मदिरा सेवन गरी सवारीसाधन चलाएको भन्ने जनताको गुनासो बढेकाले पूर्वसावधानी अपनाउन नेपाल प्रहरीले निगरानी बढाएको हो । कसैले पनि मदिरा सेवन गरेर सवारीसाधन चलाउन मिल्दैन तर रसुवाका मार्गमा यात्रु बोकेर हिँडेका केही चालकले बीच बाटोमै…