जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका धनुषाको मिथिला नगरपालिका– ७ का पदमबहादुर खप्तरी मगरकी श्रीमतीलाई सरकारले रु १० लाख राहत उपलब्ध गराएको छ । सरकारबाट प्राप्त रु १० लाखको चेक आज मगरकी श्रीमती टुकीमाया मगरलाई धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र डिभिजन वन कार्यालय धनुषाका प्रमुख सुनीलकुमार कर्णले संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो । गत २०७७ चैत…